Technology 5 min read

दियालो टेक्नोलोजिजले विकास गर्‍यो पूर्ण अटोमेसनको स्मार्ट वाटर प्रविधि, टोखामा भयो सुरुवात

BisMandu

Oct 21, 2022

काठमाडौं। फिनटेक कम्पनी दियालो टेक्नोलोजिजले पूर्ण अटोमेसनको स्मार्ट वाटर प्रविधिको विकास गरेको छ। यो प्रविधिले खानेपानी क्षेत्रलाई पूर्ण रुपमा अटोमेसन गर्ने बताइएको छ।

दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटररिडिङ, बिलिङदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरुको विकास गरेको जनाएको छ।

हालसम्म करिब ७ सयवटा खानेपानी समितिहरुलाई डिजिटलाइजेसन गरिसकेको दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनाउने उदेश्यसहित यो प्रणाली विकास गरेको उल्लेख गरेको छ। स्मार्ट वाटर प्रविधिको सुरुवात टोखा नगरपालिकाको टोखा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट सुरू गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा बोल्दै टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले यो अत्याधुनिक प्रविधि भएकाले सबै खाानेपानी समितिहरुमा यसको प्रयोग हुनुपर्ने बताएका छन्। "अहिलेको प्रविधिको युगमा यो सफ्टवेयरको प्रयोगले खानेपानी क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याउँछ," अधिकारीले भने।

करिब दश वर्ष अगाडि स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने सफ्टवेयरहरु निर्माण गर्दै आएको छ।

दियालोले मिटर रिडिङ मोबाइल एप, बिलिङ व्यवस्थापन, एसएमएस प्रणाली, अनलाइन भुक्तानी, लेखा प्रणाली, जिन्सी व्यवस्थापन, मानव संशाधन व्यवस्थापन प्रणाली, एन.आर.डब्लु (पानी चुहावट विश्लेषण) प्रविधि, ल्याब व्यवस्थापन प्रणाली, पम्प कन्ट्रोल प्रणाली, ग्राहक गुनासो व्यवस्थापन प्रणालि विकास गरेको छ।

यस्तै, भूमिगत पानीको तह विश्लेषण, मोबाइल एप, इलेक्ट्रो म्याग्नेटिक फ्लोमिटर, ट्यांकीको पानी तह मापन प्रविधि जस्ता प्रणालीहरुको विकास गरेको छ। यी प्रणाली नेपालमा खानेपानी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा कम्पनीको छ।

SHARE ARTICLE