Transport 3 min read

सुदूरपश्चिम यातायात पनि अनलाइन टिकटिङमा, मोबाईलबाटै टिकट काट्न सकिने

Dinesh Khabar

Dec 2022

धनगढी– सुन्दर सुदूरपश्चिम यातायात पनि अनलाइन टिकटिङमा गएको छ। आईतबारदेखि सुन्दर सुदूरपश्चिम यातायात प्रालीले धनगढी–काठमाडौँ रुटमा अनलाईन मार्फत टिकट काट्ने व्यवस्था लागु गर्न थालेको हो।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रालीका अध्यक्ष पदम सापकोटाले टिकट ई–सेवा मार्फत खरिद गर्न पाईने बताए। क्रमिक रुपमा सेवा विस्तार गर्दै जाने उनले बताए। उनले भने, "पुस २७ गतेबाट अनलाईन मार्फत बसको टिकट खरिद गर्न पाईने छ।"

घरमा बसेर अब धनगढी–काठमाडौँ बसको टिकट काट्न पाईने छ। अहिले एसी र डिलक्स बसमा सेवाको सुरुवात गरिएको भएपनि पहाडी रुटमा पनि विस्तार गर्ने योजनामा छौ। खरिद भएको टिकट अन्य क्षेत्रबाट बिक्री नुहुने उनले बताए।

बस सेवाका प्रवन्ध निर्देशक मोहन बेल्बासेले आईतबारदेखि अनलाईन बस टिकट सेवा सुचारु हुने बताए। दुई कम्पनी बिचमा अनलाईन टिकट विक्रिको बारेमा शुक्रबार सम्झौता भएको उनले जानकारी दिए। बस सेवाले सुदूरपश्चिमका पहाडी जिल्लामा पनि अनलाईन बस टिकटीङ सेवा सञ्चालन गर्ने बेलबासीले बताए। सुदूरपश्चिम प्रदेशमा माहाकाली यातायातले पनि अनलाईन टिकटीङ सुरु गरेको छ।

SHARE ARTICLE