सेवालाई उच्च प्रविधियुक्त बनाउँदै अश्वारा खानेपानी

सेवालाई उच्च प्रविधियुक्त बनाउँदै अश्वारा खानेपानी

Connect With Us:

सेवालाई उच्च प्रविधियुक्त बनाउँदै अश्वारा खानेपानी

Source: tulsipurkhabar.com

Diyalo Technologies

तुलसीपुर, २१ पुस ।  अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले आफ्नो सेवालाई उच्च प्रविधियुक्त बनाउने भएको छ ।  समितिले प्रदान गर्दै आएका सेवालाई थप व्यवस्थित र उच्च प्रविधियुक्त बनाउनका लागि अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाइ समिति र दियालो टेक्नोलोजी प्रालि काठमाण्डौबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।   समितिको तर्फबाट अध्यक्ष शिवहरी भण्डारी र प्रालिको तर्फबाट सहायक प्रवन्धक सोनम बस्नेतले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएका हो । 

पहिलो चरणमा मिटर रिडिङ् देखि खानेपानीको महशुल भुक्तानी, मौजदात सामानको अभिलेखीकरण सम्मका सेवालाई प्रविधियुक्त बनाइने छ ।  वाटरमार्क सफ्टवेयर जडान भएपछि मोबाइल मार्फत घरमै बसीबसी खानेपानीको महशुल भुक्तानी गर्न  सकिने भएकाले समय र पैसाको बचतसँगै उपभोक्तालाई सेवामा सहजता हुने खानेपानीका सचिव ओपेन्द्र बस्नेतले जानकारी दिनुभयो । उपभोक्ताले इसेवा, फोनपे, , खल्ती, आइएमईबाट सोझै खानेपानी महशुल भुक्तानी गर्न सक्नेछन् ।

त्यसैगरी आर्थिकलाई व्यवस्थित गर्नका लागि  लेखाको चारखाता, स्टोरमा भएका सम्पूर्ण सामानको अभिलेखीकरण, धारा संख्या, एसएमएस, पानीको चुहावट नियन्त्रण जस्ता कार्यलाई प्रविधिसँग जोडिने सचिव बस्नेतले बताउनुभयो ।  सफ्टवेयर सञ्चालनमा आएपछि महशुलको भुक्तानी गर्दा अग्रिम छुटदेखि जरिवाना समेत अव कम्प्युटरले बिलिङमा देखाउने छ । अश्वारा खानेपानीमा हाल झण्डै ६ सय उपभोक्ता संख्या रहेको छ ।