भरतपुरमा पनि स्मार्ट वाटर मार्क प्रविधि

भरतपुरमा पनि स्मार्ट वाटर मार्क प्रविधि

Connect With Us:

भरतपुरमा पनि स्मार्ट वाटर मार्क प्रविधि

Source: karobardaily.comwhatsapp sharing button

Diyalo Technologies

 

फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रालिले पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधिको विकास गरेसँगै भरतपुरमा यो प्रविधिको सुरुवात भएको छ । टोखा नगरपालिकामा विकास गरिएको यो प्रविधि भरतपुरमा विस्तार गरिएको हो ।

कार्यक्रममा नगर विकास कोषका कार्यक्रम संयोजक सुवासराज पन्तले नगर विकास कोषको लगानीमा बनेका र बन्ने क्रममा रहेका १२० खानेपानीलाई प्रविधिको प्रयोगका लागि सधैं प्रोत्साहन गरेको धारणा व्यक्त गरे । उनले दियालो टेक्नोलोजिजले विकास गरेका प्रविधिको प्रयोगले खानेपानीलाई प्रविधिमैत्री बनाएको, कार्यालय व्यवस्थापन, आर्थिक व्यवस्थापनजस्ता कार्यमा सहयोग पुगेको धारणा व्यक्त गरे ।

खानेपानीका उपभोक्तालाई डिजिटल माध्यमबाट संस्थागत कारोबार र अन्तरक्रिया गरी प्रविधिमा पहुच दिइएको साथै संस्थाको कारोबार पारदर्शी बनाई खानेपानी व्यवस्थापनमा सहयोग गरिरहेको धारणा व्यक्त गरे । भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले चितवनमा यस प्रकारको कार्यक्रम आयोजना भाकोमा प्रसन्नता व्यक्त गर्दै प्रविधिको प्रयोग र त्यसमा जनताको पहुँच पुर्‍याउने कार्यमा महानगरपालिकाले सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

#फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रालि

#स्मार्ट वाटर मार्क प्रविधि